गृहपृष्ठ Featured एमालेले एकैदिन महाधिवेशन प्रतिनिधि छान्ने

एमालेले एकैदिन महाधिवेशन प्रतिनिधि छान्ने

काठमाडौं : एमालेले कात्तिक २७ गते एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ। वडा, नगररगाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको छ।

एमाले प्रचार विभागले बुधबार पत्रकार सम्मेलन गरी १०औं महाधिवेशन प्रतिनिधि चयनको तयारीबारे जानकारी दिएको हो। साढे ७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दै छ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन्।

१ हजार २ सयसम्म पार्टी सदस्य रहेका निर्वाचन क्षेत्रबाट ३ जनाका दरले प्रतिनिधि चयन हुने छन्। तीमध्ये एक जना महिला अनिवार्य गरिएको छ। निर्वाचन क्षेत्रमा जति बढी सदस्य हुने छन्। त्यसै अनुपातमा थप प्रतिनिधि चयन हुने छन्। देशभित्रका विशेष जिल्लाअन्तर्गतका १ हजार २ सयसम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिलासहित ३ जनाका दरले प्रतिनिधि छनौट हुने छन्। जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट १ जना प्रतिनिधि निर्वाचित हुने छन्। दलितका हकमा पनि ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य हुनुपर्छ।

भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने छन्। भारत, अमेरिका ९क्यानडा समेत०, युरोप, एसिया प्यासिफिक, खाडी र ओसियानमध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि निर्वाचित हुने छन्। पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तीमा २ महिलासहित ५ जना प्रतिनिधि चयन हुनेछ। विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेकामध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने छन्। केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरूमध्येबाट १५ प्रतिनिधि निर्वाचित हुनेछन्।

सल्लाहकार परिषद्का अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरूलाई मताधिकार नहुने पत्रकार सम्मेलनमा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए। २२ जनसंगठनबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि निर्वाचित हुने छन्।

सम्बन्धित् समाचार