गृहपृष्ठ Featured डोटीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

डोटीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

धनगढी : दिपायलबाट डडेल्धुरा जाँदै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले केआईसिंह राजमार्गमा ठक्कर दिँदा शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट बुधबार घाइते भएकी उनलाई थप उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

ठक्कर दिने चालक दिपायल सिलगढी नगरपालिका–२ पुन्यपाटाका २५ वर्षीय ध्रुव कडायत र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार