अर्घाखाँची : अर्घाखाँचीमा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको सन्धिखर्क नगरपालिका १० अर्घा बस्ने भिमलाल आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद ४८ हजार ३ सय ४० रुपैयाँसहित ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले उनीहरूबाट ४ गड्डी तास सहित बरामद गरेको छ ।