कपिलवस्तु : जिल्लाको बाणगंगामा ३१ जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले जुवाका २ खालबाट ३१ जना जुवाडेलाई पक्राउ गरेको हो ।
बणगंगाको तिनैया गाउँबाट १२ जना र बैरियाबाट १९ जना गरी ३१ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार तिनैयाबाट ७६ हजार र बैरियाबाट ५ लाख ४२ हजार बढीको रकम समेत जुवा खालबाट प्रहरीले बरामद गरेको छ ।
पक्रउ परेका सबैलाई थुनामा रखिएको छ । उनिहरुलाई आवश्यक कारवाहिका लागि अगाडि बढाईनेको प्रहरीले जनाएको छ ।








