काठमाडौं : जल तथा मौसम विज्ञान विभागले तीन दिन प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली हुने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी बुलेटिनमा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ।
शुक्रबार दिउँसो देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।
राती देशका प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू(भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशका प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश नं १ का एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशका हिमाली भू(भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।








