बुटवल : गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल निर्माणलाई पहिलो प्राथकिमतामा राखेको बताएका छन् । भैरहवामा निर्माणाधिन बिमानस्थलको अवलोकन गर्दै खाँणले अब क्यलिब्रेशन फ्लाईट छिट्टै हुने आश्वसन दिएका छन् ।
उनले थाई सरकारले अहिले आफ्ना नागरिकलाई बिदेश जान फुकुवा गरेकोले एरो थाईले क्यालिब्रेशन फ्लाईट गर्ने र नगरे भारत सरकार संग जिटुजी माध्यमबाट गर्ने बताए । खाँणले गौतम बुद्ध बिमानस्थललाई तयारी अवश्थामा राख्न निर्देशन दिएका छन् ।
उनले सबै मेशीनरी उपकरणहरु अविलम्ब जडान गर्न उनले आयोजना प्रमुखलाई निर्देशन गरेका हुन् । खाँणले बिमानस्थलको सुरक्षाको लागी खटिने सुरक्षाकर्मिको लागी पनि प्रयाप्त स्थान छुट्टयाउन आग्रह गरे ।








