गृहपृष्ठ Featured कपिलवस्तुमा कृषकहरूलाई बजार तथा विकास सम्बन्धी तालिम प्रदान

कपिलवस्तुमा कृषकहरूलाई बजार तथा विकास सम्बन्धी तालिम प्रदान

कपिलवस्तु : कपिलवस्तुमा मिलीजुली कृषक समूहका सदस्यहरूलाई बजार विश्लेषण र विकास सम्बन्धी तालिम प्रदान गरिएको छ । राष्ट्रिय दलित नेटवर्कको सहयोग तथा दियालो नेपालको समन्वयमा कृषक समूहका सदस्यहरूलाई एक हप्ते तालिम प्रदान गरिएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका वडा ५ का अध्यक्ष अर्जुन पाण्डेले तालिमले कृषकहरूलाई थप ऊर्जा दिएको बताउनुभयो । किसानलाई उत्पादन वृद्धि र बजारको विषयमा ज्ञान नहुँदा समस्या भएकोले अब केही सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै दलित निगरानी समितिका अध्यक्ष मिना परियारले कृषि पेसालाई व्यावसायिकरण गर्दै आम्दानीमुखी हुनुपर्ने बताउनुभयो । ज्ञानको अभावले समस्या भएका किसानहरुको माग अनुसार तालिम संचालन गरिएको र आगामी दिनमा पनि कृषकहरूलाई यस्ता तालिमहरूको आवश्यता पर्ने उहाँको भनाई छ ।

३१ जना सहभागी रहेको उक्त तालिममा मुख्य माछा उत्पादन, यसको बजारीकरण लगायतको विषयमा प्रशिक्षण दिइएको थियो । एक हप्ते तालिमबाट धेरै कुरा सिक्नजे अवसार पाएको र प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने सहभागी कृषकहरूले प्रतिबद्धता जनाएका छन् ।

 

सम्बन्धित् समाचार