कपिलवस्तु : कांग्रेस कपिलवस्तुको आउने अधिबेशनका लागि जिल्ला सभापतिका प्रत्यासी राजेश आचार्यले चुनावी प्रचार-प्रसार अभियानलाई तीब्रता दिएका छन । कांग्रेस कपिलवस्तुको वडा र नगर गाउ पालिका अधिबेशन सकिए लगत्तै उनले आफनो अभियानलाई तीब्रता दिएका हुन । उनले एक महिना अघि तौलिहवा स्थित पार्टीका पुर्व सचिव सुरेश शर्मा घरमा संपर्क कार्यालय समेत स्थापना गरी सकेका छन । आउने मंसिर ३ गते प्रदेश क्षेत्रीय र ६ गते संघीय क्षेत्रीय समितिको चुनाव तोकिएको छ ।
यस्तै जिल्ला कार्य समितिको मंसिर १० गते निर्वाचन तालिका छ । यस अघि एक पटक पार्टी सभापतिको बनी सकेको आचार्यले आफना निकट नेता र अरु पुराना नेतासंग छलफलमा जुटेको बताउछन । उनले आफु देउवा निकटको एक्लो उम्मेदवार रहेको र आफलाई सबै जसोका साथ रहेको दाबी गरेका छन । ‘ भेटघाट तथा प्रचार प्रसार अभियानमा सबैले साथ दिने भनेका छन सबै नेता कार्यकर्ताहरुको राम्रो साथ र सहयोग पाएको छु ’ उनले भने । नेता आचार्यले नेता दीप कुमार उपाध्याय, अभिषेका प्रताप शाह, बिरेन्द्र कनौडिया, दीर्घ नारायण पाण्डेय लगायतका कांग्रेसका पुराना नेताहरुको आफुलाई पुरा साथ रहेको बताए ।
आफनो बारेमा बजारमा नचाहिदो र अनरगल प्रसार गरिएको प्रति दुःख ब्यक्त गर्दै आफु चुनावमा होमिएको बताए । ‘ सभापतिको चुनाव लडनु छ, यस पटक सबैको माया र साथले चुनाव जित्छु ’ उनले भने । उनले पार्टीलाई गतिशील बनाउन र नेता कार्यकर्ताहरुको मनोभावना अनुसार नर्या उर्जा थपन आफु उम्मेदवार बनेको बताए ।
आफु कुनै हातलमा अब सभावपतिबाट पपछ नहटने भन्दै उनले यस पटक आफुले जीत दर्ज गर्ने बताए । उनले कांग्रेसलाईए सशक्त बनाउन समेत आफुलाइृ मदतान गर्न उनले अपील गरेका छन ।