गृहपृष्ठ Featured किशोरी बलात्कार आरोपमा कार्गो एशोसिएसनका अध्यक्ष पक्राउ

किशोरी बलात्कार आरोपमा कार्गो एशोसिएसनका अध्यक्ष पक्राउ

प्रकाशित मिति:

काठमाडौं : किशोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल फ्रेट फरवार्डर्स ९कार्गो० एशोसिएसनका अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन्।

१६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।

महानगरीय प्रहरी वृत्त मालिगाउँले अधिकारीलाई कात्तिक १६ गते बलात्कार आरोपमा ठमेलबाट पक्राउ गरेको हो।

आफूमाथि बलात्कार गरेको भन्दै कात्तिक ८ गते किशोरीले उनीविरूद्ध जाहेरी दिएकी थिइन्। जाहेरीको परेको आठ दिनपछि प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो।

उनीमाथि मालिगाउँ वृत्तले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित् समाचार