गृहपृष्ठ Featured मन्त्रिपरिषद् बैठक बोलाइयो

मन्त्रिपरिषद् बैठक बोलाइयो

प्रकाशित मिति:

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । आजै अपराह्न ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ । सचिवालयका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु, दैनिक प्रशासनिक कामकारबाही तथा नियमित एजेन्डामै छलफल हुनेछ ।

यसअघि साताव्यापी बेलायतको भ्रमणमा तथा जलवयुसम्बन्धी सम्मेलन कोप( २६ मा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

सम्बन्धित् समाचार