कपिलवस्तु : सुपारी लिई एक ब्यक्तिको हत्या गरी फरार रहेका महाराजगन्ज नगरपालिका वडा नम्बर ८ बन्जरियाका ४३ बर्षिय भोला उपाध्याय भन्ने भोलानाथ उपाध्याय ११ बर्ष पछि पक्राउ परेका छन ।
प्रहरीले तौलिहवा स्थित प्रशासन चोक नजिकै भाडामा बस्दै आएको उनलाई गत कार्तिक १९ गते त्यहीबाट पक्रेको हो । २०६७ असोज ३१ गते दुर्गाभगवती मुर्ति सेलाउने क्रममा कपिलवस्तु साबिक भलवारी गाबिस.वडा नम्बरं.८ सानो भलवारीमा उनी सहीत ३ जना मिलेर मुनिम भन्ने सिताराम पासीलाई गोली हानी हत्या गरेका थिए ।
यस अघि नै सो घटनामा छेदी यादव २०६८ भदौ ४ र हरिहर कुर्मी २०६८ असोज २४ गते पक्राउ परेका थिए ।