गृहपृष्ठ Featured कपिलवस्तु प्रहरीद्धारा रेकर्ड कायम : साढे ३ महिनामा ४ सय ७३ फरार अभियुक्त पक्राउ

कपिलवस्तु प्रहरीद्धारा रेकर्ड कायम : साढे ३ महिनामा ४ सय ७३ फरार अभियुक्त पक्राउ

कपिवलस्तु : कपिवलस्तुमा प्रहरीले चालु आर्थिक बर्ष २०७८/०७९ अन्तर्गत चलाएको फ्याप अभियानमा ४ सय ७३ जना फरार अपराधी र प्रतिबादी पक्राउ परेका छन । कपिलवस्तु प्रहरीले फरार अभियुक्त पक्राउ गर्नेमा रेकर्ड नै कायम गरेको हो । कार्तिक १५ गते सम्म लुम्बिनी प्रदेशमा कुल ६ सय १५ जना पक्राउ परेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए ।

लुम्बिनी प्रदेशको १२ जिल्लामा पक्राउ परेका ६ सय १५ मध्ये ४ सय ७३ जना कपिलवस्तुमा पक्राउ परेको हुन । अभियानका कारण १ सय ५० बर्ष ६ महिना १० दिन कैद असुल उपर भएको छ ।

यस्तै २८ लाख ८९ हजार ८४३ रुपैया जरिवाना असुल भएको प्रहरी उपरिक्षक कार्कीले बताए । फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थाले पछि अदालतको फैसला कार्यान्वयमा तीब्रता आएको उनले बताए । यस्तै अभियुक्तहरु आफै बकपत्रका लागि उपस्थित समेत हुन थालेका छन् ।

उता दुबै मृगौला फेला भई उपचारमा समस्या आए पछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान धन बहादुर रानाको भाई थमनको उपचारकालागि ३४ हजार ५ सय रपैया सहयोग गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा संकलन भएको सहयोग रकम प्रहरी उपरिक्षक दान बहादुर कार्कीले प्रहरी जवान धन बहादुरलाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित् समाचार