गृहपृष्ठ Featured बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा

प्रकाशित मिति:

बुटवल : बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भैरहवा–लुम्बिनी क्षेत्रमा विद्युत्को अभाव हटाउन ६ वर्षअघि सुरु गरिएको आयोजनाको निर्माण करिब अन्तिम चरणमा पुगेको हो । आयोजनाका अनुसार अहिलेसम्म करिब ८५ प्रतिशत काम पूरा भएको छ ।

अहिले मैनहिया सबस्टेशनमा ३० वटा टावर ठड्याइएको छ । टावर आएसँगै केही महिनादेखि रोकिएको काम सुरु भइसकेको छ । अब भारतबाट ३३ केभीएका दुईवटा ट्रान्सफर्मर आउन बाँकी छ । आगामी डिसेम्बरसम्म ट्रान्सफर्मर आइसक्ने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए । अन्डरग्राउन्डको काम सुरु भएको तीन महिनापछि आयोजना निर्माण पूरा हुने पाण्डेले बताए ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक करिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो ।

 

सम्बन्धित् समाचार