गृहपृष्ठ Featured बुटवलको नयाँगाउँमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आयो : ३ घरमा क्षति

बुटवलको नयाँगाउँमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आयो : ३ घरमा क्षति

प्रकाशित मिति:

बुटवल : बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा लागेको आगलागि पूर्ण रुपमा नियन्त्रणमा आएको छ । सोमबार साँझ सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट घरमा आगो सल्केको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डिएसपी) ठगबहादुर केसीले आगोलाई तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको बताए ।

आगलागिबाट स्थानिय गोपाल पाण्डेको घरमा पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आशिंक क्षति भएको केसीले बताए ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार