गृहपृष्ठ Featured देउवालाई फेरि कांग्रेसको सभापति बनाउनुपर्छ-बालकृष्ण खाँण

देउवालाई फेरि कांग्रेसको सभापति बनाउनुपर्छ-बालकृष्ण खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नै फेरि पार्टी सभापति बनाउनुपर्ने बताएका छन् ।

सोमबार कांग्रेस धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्ने बताए । प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने उनको भनाइ छ ।

गृहमन्त्री खाँणले तराई मधेसमा रहेको नागरिकता समस्या सम्पूर्ण देशको समस्या भएको बताए । ‘यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन रूपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ,’उनले भने ।

सम्बन्धित् समाचार