गृहपृष्ठ Featured नामिबियामाथि भारतको सानदार जित

नामिबियामाथि भारतको सानदार जित

प्रकाशित मिति:

काठमाण्डौं : आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिसकेका भारत र नामिबियाबीचको खेलमा भारतले सानदार जित निकालेको छ । सोमबार सुपर-१२ को समूह-२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो ।

जितका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर रोहित शर्माले सर्बाधिक ५६ रन बनाए । भारतका ओपनर लोकेश राहुल ५४ रनमा अविजित रहे । यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । नामिबियाका डेविड विसेले सर्वाधिक २६ रन बनाए ।

भारत ५ खेलमा ३ जित र २ हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । नामिबिया ५ खेलमा १ जित र ४ हारसहित २ अंकका साथ पाँचौ स्थानमा रहेर विश्वकपको अन्त्य गरेको हो ।

सम्बन्धित् समाचार