गृहपृष्ठ Featured कपिलवस्तुमा फैलिएको हैजा अझै नियन्त्रणमा आएन : साढे २ लाख मात्रा खोप ल्याइँदै

कपिलवस्तुमा फैलिएको हैजा अझै नियन्त्रणमा आएन : साढे २ लाख मात्रा खोप ल्याइँदै

प्रकाशित मिति:

काठमाण्डौं : एक महिनादेखि कपिलवस्तु जिल्लामा फैलिएको हैजा रोग अझै पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेकाले सरकारले हैजाविरुद्धको खोप लगाएर रोग नियन्त्रणमा ल्याउन लागिएको जनाएको छ।

साढे दुई लाख मात्राभन्दा बढी खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र उक्त खोप आउनासाथ खोप कार्यक्रम सुरु गरिने अधिकारीहरूको भनाइ छ। संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ) मार्फत् उक्त खोप नेपालमा आउने बताइएको छ। गत असोज १८ गतेदेखि कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा झाडापखाला र बान्ताका बिरामीहरू देखिन थालेका थिए।

प्रयोगशाला परीक्षणका क्रममा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो। हालसम्म हैजाबाट १,३२९ जना प्रभावित भएको तथा छ मृत्यु भएको सरकारी तथ्याङ्क छ। अझै दुई जनाको उपचार भइरहेको छ।

सम्बन्धित् समाचार