गृहपृष्ठ Featured प्रधानसेनापति शर्मा भारत प्रस्थान

प्रधानसेनापति शर्मा भारत प्रस्थान

प्रकाशित मिति:

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा गएका छन्। भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा शर्मा मंगलबार बिहान नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो। प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली गएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए।

भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई सोमबार जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । औपचारिक बिदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदुत महामहिम विनय मोहन क्वात्रा र अन्य मित्र राष्ट्रका सैनिक सहचारीहरुको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ।

सम्बन्धित् समाचार