गृहपृष्ठ Featured रोयल च्यालेन्जर्स बैंग्लोरको प्रशिक्षकमा संजय बंगार नियुक्त

रोयल च्यालेन्जर्स बैंग्लोरको प्रशिक्षकमा संजय बंगार नियुक्त

प्रकाशित मिति:

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) टीम रोयल च्यालेन्जर्स बैंग्लोरले संजय बंगारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । भारतका पूर्व अलराउण्डर बंगारलाई आगामी दुई सिजनका लागि प्रशिक्षक नियुक्त गरिएको हो । उनी २०२१ मा ब्याटिङ कन्सलट्यान्ट थिए ।

अब उनले माइक हरनको स्थान लिनेछन् । यूएई लिग सुरु हुनुअघि साइमन क्याटिचले व्यक्तिगत कारण राजीनामा दिएपछि हसन प्रशिक्षक बनेका थिए ।

बंगार प्रशिक्षक बनेपछि हसन भने पुरानै भूमिका डाइरेक्टर अफ क्रिकेट अपरेसशनमा फर्किनेछन् ।

सम्बन्धित् समाचार