वैखरी अनलाइन : कपिलवस्तु जिल्लाकोे बाणगंगा नगरपालिकाले लगाएको बाणगंगा नदीको नदीजन्य पदार्थको टेण्डर रोक्न उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले आदेश दिएको छ । गत आर्थिक बर्षमा टेण्डर पारेको शिवम बिल्र्डसले कोरोनाका कारण काम गर्न नपाएको भन्दै क्षतिपुर्तिको माग गर्दै अदालतमा मुद्धा दायर गरेको थियो ।
मुद्धाको फैसला नहुदै यता बाणगंगा नगरपालिकाले यस बर्षका लागी टेण्डर निकालेपछि अदालतले तत्काल टेण्डर प्रक्रिया रोक्न भन्दै अन्तरिम आदेश गरेको हो ।
नगरपालिकाले बाणगंगा नदीको टेण्डरबाट बर्षेनि करोडौ राजश्व उठाउदै आएको छ । यो आदेशले बाणगंगा नगरपालिका अन्योलमा परेको छ ।