दाङ : दाङ घोराही उपमहानगरपालिका वडा नं.४ का यातायात व्यवसायी भरतनाथ योगीले दुई दशक पछि न्याय पाउनुभएको छ । २०५८ सालमा घोराही ब्यारेकमा माओवादीले आक्रमण गर्दा उहाँले माओवादी कार्यकर्ताहरुलाई ओसारपसार गर्न आफ्ना गाडी प्रयोग गर्न दिएको भन्दै तत्कालीन राज्य पक्षले ४ वटा गाडी कब्जा गरिदिएको थियो ।
त्यसका विरुद्धमा न्यायका लागि लड्न योगीलाई दुई दशक लागेको छ ।
द्वन्द्वकाल सकिएर माओवादीले सत्ता सम्हाले पनि उहाँले भने न्याय पाउन सक्नुभएको थिएन ।








