वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका १ चारनम्बर जितपुर चोकमा एक बालक वेवारिसे अवस्थामा फेला परेका छन् । मंगलबार अन्दाजी १५/१६ बर्षीय बोल्न नसक्ने बालक वेवारिसे अवस्थामा फेला परेका हुन् ।
ती बालकलाई निलो हुट र खैरो रङको बक्स पाईन्ट लगाएको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । फेला पारेका ती बालकलाई सुरक्षार्थ कार्यालयमा ल्याईएर राखिएको प्रहरीले जनाएको छ ।
निजको अभिभावक, निजलाई चिन्ने आफन्त, नातागोतालाई आफ्नो परिचय पत्रसहित निजसंगको नाता खुल्ने गरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।








