गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ प्रदेश सभा (क)को सभापतिमा के.सी.को उम्मेदवारी घोषणा

कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ प्रदेश सभा (क)को सभापतिमा के.सी.को उम्मेदवारी घोषणा

कपिलवस्तु : नेपाली काँग्रेस कपिलवस्तुका युवा नेता दुर्गा बहादुर कुँवर क्षेत्री (दुर्गा के.सी.) ले नेपाली काँग्रेस पार्टीको आसन्न चौधौं महाधिबेशन अन्तर्गत कपिलवस्तुको क्षेत्र नं. १ प्रदेश सभा (क) को सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

वि.सं. २०३८ बाट नेविसंघको राजनीतिबाट कांग्रेसको राजनीतिमा होमिएका के.सी.ले अग्रजको सम्मान, समकालीन आत्मीय मित्रहरुसँग हातेमालो सँगै युवा पुस्ताको सहयोग र सहकार्यबाट नेपाली कांग्रेसको संगठनलाई एकताबद्ध तथा मजबुत बनाउने अभिप्रायका साथ काँग्रेसको क्षेत्र नं. १ (क) को प्रदेश क्षेत्र सभापति पदमा उमेद्वारी दिएको वताउनु भयो ।

सामाजिक अभियन्ताको रुपमा छुट्टै छवी बनाएका के.सी.ले क्षेत्र नं. १ को निर्वाचनमा पार्टीलाई संघीय निर्वाचन प्रदेशसभा निर्वाचन र स्थानीय निर्वाचनमा शसक्त बनाउने कार्यमा समेत महत्वपूर्ण योगदान गर्नु भएको छ।

क्षेत्र नंं. १ (क) को प्रदेश क्षेत्र सभापति पदका दाबेदार के.सी.ले कांग्रेसमा गरेको योगदान र कही कतै अवसर नलिए काले पनि आफू सबैको साझा उम्मेद्वारको रुपमा प्रस्तुत हुने दाबी गर्दै भने जिल्ला र क्षेत्रका अग्रजका साथै युवा साथीहरुको सुझाव र मार्ग दर्शन अनुसार आफू अगाडि बढ्दै पार्टीको तल्लो तह देखि कै संरचना विगतमा बलियो बनाउन लागेको र अब दृढ भएर लाग्ने बताउनु भयो ।

तत्कालीन मोतीपुर गा।वि।स।को २ कार्यकाल पार्टी सचिव, १२ औं महाधिवेशनमा तत्कालीन मोतीपुर गाविसको पार्टी सभापति र क्षेत्रीय सदस्य रहनुका साथै जिल्लाका महत्वपूर्ण संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले पनि आफू प्रदेश क्षेत्र सभापतिको दाबेदारीका लागि उपयुक्त उम्मेद्वार भएको वताउनु भयो ।

के.सी.ले आफ्नो बिगतमा कांग्रेसमा गरेको योगदान र त्यागलाई पार्टीका हरेक क्रियाशील सदस्य र क्षेत्रीय प्रतिनिधिहरुले उच्च मूल्याङ्कन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनु भयो ।

के.सी.ले भने कांग्रेसका कार्यकर्ताहरुको हक र हितका लागि विगत देखि नै आवाज बुलन्द पार्दै आएको छु प्रदेश क्षेत्र सभापतिमा निर्वाचित भएसँगै कार्यकर्ताका मुद्दा थप शसक्त रुपमा उठाउन सहज हुने भएकाले पनि आफूले प्रदेश सभापति पदमा दाबी गरेको समेत बताउनुभयो ।

सम्बन्धित् समाचार