काठमाडौं : देशभर थप ४४० जना कोभिड १९ संक्रमित थपिएका छन्। ६ हजार ८१४ जनाको परीक्षण गर्दा ४४० जनामा संक्रमण देखिएको हो।
यस्तै, ४७४ जना संक्रमण मुक्त हुँदा हाल देशभर कूल सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ पुगेको छ।
संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। कोराना भाइरस संक्रमणका कारण हालसम्म ११ हजार ४६० जनाको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ५२९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।