गृहपृष्ठ Featured हेलम्बुमा यात्रुबस दुर्घटना : एकको मृत्यु, ५ घाइते

हेलम्बुमा यात्रुबस दुर्घटना : एकको मृत्यु, ५ घाइते

सिन्धुपाल्चोक : जिल्लाको हेलम्बु गाउँपालिका-७ इचोकबाट काठमाडौं छुटेको यात्रुबाहक बस चनौटे सहकारी डाँडामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बा ४ ख ५८१५ नम्बरको यात्रु सडकछेउ पुगेर अनियन्त्रित भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार हेलम्बु-३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको दुर्घटनामा मृत्यु भएको हो । घाइते ५ जनालाई धुलिखेल अस्पताल उपचारका लागि लगिएको उनले जानकारी दिए ।

यात्रुबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालिसकेको उनले प्रष्ट्याए । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

सम्बन्धित् समाचार