गृहपृष्ठ Featured भैरहवामा ८ सय बढी कांग्रेसमा प्रवेश : गृहमन्त्री खाँणले गरे स्वागत

भैरहवामा ८ सय बढी कांग्रेसमा प्रवेश : गृहमन्त्री खाँणले गरे स्वागत

भैरहवा : नेपाली कांग्रेस सिद्धार्थनगर नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ८ सय भन्दा बढी पार्टी प्रवेश गरेको पार्टीले दावी गरेको छ । भैरहवामा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुको लाईन नै लागेको थियो । सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष दिलिप कान्दू सहित नगर भित्रका १३ वटै वडाबाट ८ सय बढीले नेपाली कांग्रेस प्रवेश गरेको नगर सभापति कोशिश बहादुर खड्काले जानकारी दिए ।

भैरहवामा आयोजित स्वागत सम्मान, बधाई एवम वृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरि सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

नगर सभापति खड्काले सबै वडाबाट पार्टी प्रवेश गर्ने थप आकांक्षीहरु भए पनि स्थान र समय अभावका कारण सबैलाई एकै पटक प्रवेश गराउन नसकिएको बताए । उनले छिट्टै नै अर्को कार्यक्रमको आयोजना गरि ईच्छुकलाई पार्टी प्रवेश गराउने बताए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले आजको पार्टी प्रवेश कार्यक्रमले नेपाली कांग्रेसलाई नयाँ उर्जा मिलेको बताए । खाँणले आउने दिनमा नेपाली कांग्रेस थप सबल र सुदृढ हुने संकेत देखिएको जिकिर गरे । उनले आउने स्थानिय निर्वाचनमा नगर प्रमुख र उप–प्रमुख सहित सबै वडामा नेपाली कांग्रेस नै बिजयी हुने बताए ।

सम्बन्धित् समाचार