गृहपृष्ठ Featured जनगणनाले देश विकासमा सहयोग पुग्छ- प्रधानमन्त्री देउवा

जनगणनाले देश विकासमा सहयोग पुग्छ- प्रधानमन्त्री देउवा

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनगणनाबाट प्राप्त हुने तथ्यांकले देश विकासका लागि सहयोग गर्ने बताएका छन्। बिहीबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय जनगणना देश विकासको महत्वपूर्ण आधारस्तम्भ भएको स्पष्ट पारेका हुन्।

प्रधानमन्त्री देउवाले सहि विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको बताएका छन्।

जनगणनाका क्रममा उपलब्ध गराइने विवरण गोप्य राखिने प्रधानमन्त्रीले जनाएका छन्। प्रधानमन्त्री देउवाले भनेका छन्, ‘तपाईहरुले दिने विवरण गोप्य रहने भएकाले आ(आफ्नो घरमा आउने गणकलाई सही विवरण दिन हुन हार्दिक अनुरोध गर्दछु।’

आजदेखि सामुदायिक प्रश्नावलीसमेत समावेश गरेर वडातहसम्म गणकहरु पुग्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाले जनगणनाबाट प्राप्त हुने तथ्यांक केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयुक्त हुने बताएका छन्। उनले विगतको अवस्था, हालको अवस्थामा र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्दछ भन्ने कुरा जानकारी पाइने भएकाले जनगणना अपरिहार्य भएको बताएका छन्।

सम्बन्धित् समाचार