गृहपृष्ठ Featured वकिलहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दाबाहेक अन्यमा बहस नगर्ने

वकिलहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दाबाहेक अन्यमा बहस नगर्ने

प्रकाशित मिति:

काठमाडौं : विवादकै बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ९ इजलास तोकेका छन्। प्रधानन्यायाधीश जबराले बिहीबारका लागि आफू नेतृत्वको पूर्ण इजलाससहित ९ इजलास तोकेका हुन्। सबै इजलासमा विभिन्न प्रकृतिका मुद्दाको पेशी तोकिएको छ। जबराले यसअघिका इजलासमा सबै प्रकृतिकाका मुद्दाको पेशी तोकेपनि आन्दोलित न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणसम्बन्धी मु्द्दाको मात्र सुनुवाइ गरेका थिए।

न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्र सुनुवाइ गर्ने बताउँदै आएपनि प्रधानन्यायाधीश जबराले सबै प्रकृतिकका मुद्दाको पेशी तोक्दै आएका छन्। जबरजस्ती इजलास गठन गरेको भन्दै उनीहरु झनै रुष्ट भएका छन्। आजको इजलासमा पनि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने करिब निश्चितजस्तै भएको छ।

यता नेपाल बार एसोसिएसनले आफ्ना विरोधका कार्यक्रमलाई जारी राखेको छ। बारले आज दिउँसो १२ बजेसम्म विरोध गर्दैछ। बारले २५ कात्तिकदेखि ३० सम्म बिहान १०स्३० देखि ११स्३० बजेसम्म सर्वोच्च अदालत प्रांगणमा कालोपट्टीसहित धर्ना दिने जनाएको छ।

बारमा आवद्ध कानुन व्यवसायीहरुले बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा मात्र बहस गर्नै जनाएका छन्। नेपाल बार एसोसिएसनका महासचिव लीलामणी पौडेलले वकिलहरुले बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्र बहस गर्ने जानकारी दिए।

सम्बन्धित् समाचार