गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाको कार्यालय जाने बाटो ४ महिना नवित्दै २ पटक कालोपत्रे

बाणगंगा नगरपालिकाको कार्यालय जाने बाटो ४ महिना नवित्दै २ पटक कालोपत्रे

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यालय जाने बाटो चार महिना नवित्दै २ पटक कालोपत्रे भएको छ । असारको अन्तिममा सम्पन्न गरिएको उक्त सडकको कालोपत्रे चार महिना नवित्दै २ पटक कालोपत्रे भएको हो ।

सडक कालोपत्रे भएको केही दिनमै नगरपालिकाको कार्यालय आउजाउ गर्न सावारीसाधनहरु चल्न थालेपछि सडकको अवस्था विग्रीएको नगरका प्रवक्ता विष्णु पौडेलले बताए । ‘सडक कालोपत्रे भएको केही समयबाट नै सवारी साधनहरु चले, त्यही भएर पनि कालोपत्रे गरेको राम्रोसंग टिक्न सकेन’ उनले भने ।

उक्त सडक कालोपत्रे गर्नका लागी ठक्याक्कै यति बजेट निकासा भएको आफुलाई जानकारी नभएको भन्दै प्रवक्ता पौडेलले उक्त सडक कालोपत्र गर्ने जिम्मा पाएको जेकेदारले नै सोही रकममा पुनः कालोपत्रे गरेको दाबी गरे । ‘कालोपत्रे गर्नका लागी ठक्याक्कै यति बजेट निकासा भएको त्यो मलाई जानकारी छैन्, जिम्मा पाएको जेकेदारले सोही रकममा फेरी कालोपत्र गरेको हो’ उनले भने ।

सडकको कालोपत्रे गर्ने जिम्मा सनराईज विल्डर्सले पाएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित् समाचार