गृहपृष्ठ Featured सबै शक्ति राष्ट्रपतिमा केन्द्रीत गर्ने सीपीसीको तेस्रो संकल्प पारित

सबै शक्ति राष्ट्रपतिमा केन्द्रीत गर्ने सीपीसीको तेस्रो संकल्प पारित

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को छैठौं प्लेनमले ऐतिहासिक संकल्प (रिसोलुसन) पारित गरेको छ। राष्ट्रपति सी चिनफिङलाई थप स्थापित गर्ने गरी सो प्रस्ताव पारित गरिएको हो।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सतवार्षिकीका क्रममा भएका उपलब्धिहरुलाई संगाल्दै बिहीवारसम्म चलेको सीपीसीको छैठौं प्लेनमले ऐतिहासिक संकल्प पारित गरेको हो।

सीपीसीको १९ औं केन्द्रीय कमिटीको छैठौं प्लेनम ८ नोभेम्वर देखि ११ नोभेम्वरसम्म चलेको थियो।

प्लेनममा १९७ केन्द्रीय कमिटीका सदस्य र १५१ वैकल्पिक सदस्यहरु, केन्द्रीय अनुशासन आयोगका स्थायी कमिटी सदस्यहरु, १९ औं कंग्रेसमा प्रतिनिधिको रुपमा रहेका केही स्थानीय तहका प्रतिनिधिहरु, विज्ञ तथा प्राज्ञहरुको सहभागिता रहेको थियो।

प्लेनममा राष्ट्रपति तथा सीपीसीका महासचिव सीले पोलिट व्यूरोका तर्फबाट प्रस्तुत गरेको कार्य प्रतिवेदन माथि छलफल भएको थियो।
प्लेनमले सीपीसीको २० औं नेशनल कंग्रेस बेइजिङमा २०२२ को अन्त्य तिर गर्ने गरी प्रस्तावसमेत पारित गरेको छ।

प्लेनमपछि जारी वक्तव्यमा सन् १९२१ मा पार्टी स्थापना पछि पार्टीले चिनियाँ जनतामा खुसी ल्याएको चिनियाँ राष्ट्रिय कायाकल्प गर्ने लक्ष्यका साथ अगाडि बढेको उल्लेख छ।

नयाँ प्रजातान्त्रिक आन्दोलनका क्रममा अध्यक्ष माओ जेदोङको नेतृत्वमा मार्क्सवाद र लेनिवादको आधारभूत मान्यतामा टेकेर चिनियाँ विशेषतासहितको माओ विचारधारको स्थापना भएको र सो विचार धारा नयाँ प्रजातान्त्रिक आन्दोलनलाई विजयी गराउन सही रहेकोसमेत निचोड निकालेको वक्तव्यमा उल्लेख छ।

सम्बन्धित् समाचार