निर्माण शुरु भएको ७ वर्षपछि राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने निश्चित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एरोनटिकल रेडियो अफ थाइल्याण्ड ९एरोथाई०ले आगामी २२ नोभेम्बर ९६ मंसिर०मा गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका दौरान टोली नेपाल आउने जानकारी गराएको छ । यसअनुसर मंसिर दोस्रो सातामा क्यालिब्रेसन फ्लाइट हुने छ ।
प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार एरोथाईले नेपाल आउने मिति निश्चित गरेको हो । ‘हामीलाई २२ नोभेम्बरमा टोली नेपाल आउने जानकारी गराइएको छ,’उनले भने, ‘अब आयोजना सम्बद्ध अधिकारी र उनीहरुको प्राविधिक टोली बसेर उडानको मिति तय हुन्छ ।’
क्यालिब्रेसन उडानमार्फत विमानस्थलमा जडान भएका सञ्चारदेखि उडान-अवतरणका लागि आवश्यक अन्य उपकरणहरुले काम गरे-नगरेको परीक्षण हुन्छ । गौतमबुद्ध विमानस्थलको उपकरण जडानतर्फको ठेक्का एरोथाईले नै पाएको थियो ।
सो ठेक्का सम्झौतामै यस्तो उडान समेत समेटिएको थियो । बीचमा कोरोना भाइरसको महामारीका कारण अन्यौल भएपनि अब भने उडान हुने निश्चित भएको प्राधिकरणले जनाएको छ ।








