गृहपृष्ठ Featured हिमालयन बैंकद्धारा सम्झौता पत्रमा हस्ताक्षर : अब क्युआर मार्फत सजिलै डिजिटल भुक्तानी

हिमालयन बैंकद्धारा सम्झौता पत्रमा हस्ताक्षर : अब क्युआर मार्फत सजिलै डिजिटल भुक्तानी

प्रकाशित मिति:

वैखरी अनलाईन : हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रथम चरणमा नेपालपे क्युआर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधाहरु उपलब्ध गराउन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त गरी नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसिएचएल) ले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भईसकेको छ ।

उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने बैंकले विश्वास व्यक्त गरेको छ । ग्राहकहरुले नेपालपे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरल रुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआर मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत एनसिएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने छ । हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले बैंक तथा क्लियरिङ्ग हाउसका अन्य कार्यकारीहरुको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई संचालनमा आएको उक्त एनसिएचएल एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित समेत हुनेछन् । यस प्रणालीमा आवद्ध भएपश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुने बैंकले जनाएको छ ।

 

 

सम्बन्धित् समाचार