वैखरी अनलाईन : नेपाली कांग्रेसका दुई भातृ संगठन नेपाल तरुण दल कपिलवस्तु र नेपाल विधार्थी संघ (नेविसंघ) क्षेत्र नं. १ कपिलवस्तुले सवारी दुर्घटनामा घाईते भएका दिनेश चौधरीलाई आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमका बीच श्रीपेच होटलमा घाईते चौधरीलाई नगद रु.५१ हजार रुपैयाँ सहयोग गरिएको हो ।
चौधरी गत महिना स्कुटर चलाउने क्रममा उनकी आमासहित घाईते भएका थिए । भलवाड निवासी चौधरीले चारनम्बर जीतपुरमा सागर नास्ता पसल संचालन गर्दै आएका थिए ।
आर्थिक समस्याबाट गुज्रिरहेका चौधरीलाई केही उपचार खर्चमा सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरेको नेविसंघ क्षेत्र नं.१ का सभापति चन्द्रकान्त पोख्रेलले बताउनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालका नगरप्रमुख मंगलप्रसाद थारु, वडा नं.४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, नेपाल तरुणदल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीसहित कांग्रेसका संक्रिय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।








