वैखरी अनलाइन : कपिलवस्तु जिल्लामा अहिले नेपाली काग्रेस प्रदेश सभा क्षेत्रको चुनावी माहोलले तातेको छ । नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नं. १ (क) को सभापतिमा दुर्गा बहादुर कुवँर क्षेत्री (दुर्गा केसि) ले उमेद्धवारी घोषणा गरेका छन ।
केसि बिद्यार्थी राजनितिदेखि हालसम्म सक्रिय राजनिति तथा सामाजिक सेवामा लागी रहेका छन । केसि सभापति रहेको प्यानको उप सभापतिमा कृष्ण प्रसाद पोखरेल र सत्य नारायण चौधरी, सचिवमा शम्भु थारु र बिष्णु मल्ल भट्टराई, सचिवमा राम बिहारी थारु र दिपक कुवँर रहेका छन ।
त्यस्तै प्रदेश प्रतिनिधिमा प्रत्यक्ष महिलामा सिता भट्टराई आर्चाय, रितु खरेल, संगीता पोखरेल (थारु) रहेका छन भने प्रत्यक्ष पुरुषतर्फ चन्द्रकान्त पोखरेल, शिव कार्की, गिरिराज पौडेल, कृष्ण गुरुङ, यज्ञ प्रसाद भट्टराई, गिरिराज खनाल, मोहन शर्मा रहेका छन ।
त्यस्तै बिभिन्न कोटामा रहेका प्रतिनिधि तर्फ सुमित्रा भ भट्टराई, तिलकराम पाण्डे (टि.आर), लक्ष्मी थारु, राम शंकर थारु, दिपक थापा, मनोज पौडेल, धन बहादुर बिक, सफि उल्लाह जोल्लाह र पशुपति कुर्मी चौधरी रहेका छन ।








