रोल्पा : रोल्पामा आज विहिन भएको जीप दुर्घटना परेर मुत्यु हुनेको संख्या ४ जनाको पुगेको छ । उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याउँदै गर्दा १८ वर्षीय लीला पुनको बाटैमा मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४ पुगेको हो ।
माडी गाउँपालिका–६ हान्डिङबाट घर्तीगाउँ तर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप घर्तीगाउँ बजार नजिकै दुर्घटना हुँदा ३ जनाको ज्यान घटना स्थलमै र १ जनाको उपचारका क्रममा रोल्पा अस्पताल रेउघा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
मृत्यु हुनेहरुमा माडी–६ हान्डिङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादु पुन, ४७ वर्षीया चौसरा विक, १८ वर्षीय लीला पुन रहेका छन् । लिलाको अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो ।
यस्तै घाइते हुनेहरुमा पनि सोही ठाउँका २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन् ।
घाइतेलाई उपचारका रोल्पा अस्पताल रेउघा ल्याउँदै गरेको प्रहरीले बताएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।