गृहपृष्ठ Featured कपिलवस्तुमा फैलिएको हैजाविरुद्धको लागी साढे दुई लाख मात्रा खोप नेपाल आइपुग्यो

कपिलवस्तुमा फैलिएको हैजाविरुद्धको लागी साढे दुई लाख मात्रा खोप नेपाल आइपुग्यो

प्रकाशित मिति:

काठमाडौं : नेपालको हैजा प्रभावित क्षेत्रका लागि साढे दुई लाख डोज खोप नेपाल आइपुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलका अनुसार ‌ुओरल कलेरा भ्याक्सिनु कतार एयरलायन्सको विमानबाट नेपाल आइपुगेको हो। यो खोप कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका मानिसलाई लगाइने प्रवक्ता डा. पौडेलले जानकारी दिए।

उक्त खोप कपिलवस्तुका पाँच वटा नगरपालिकामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

पौडेलका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल आइपुगेको हो। यो खोप सनोफी हेल्थ केयर इन्डियाले बनाएको हो।

सम्बन्धित् समाचार