गृहपृष्ठ Featured आजको मौसम : पहाडमा बदली र हिमपातको सम्भावना

आजको मौसम : पहाडमा बदली र हिमपातको सम्भावना

प्रकाशित मिति:

देशका पहाडी भू–भागहरूमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका क्षेत्रमा सामान्यतया मौसम सफा रहने मौसमविद्ले जानकारी दिएका छन् ।

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहान पनि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहेर पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न भने सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार