काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले सोमबार पनि प्रदर्शन गर्दै छ । सोही कुरालाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी पनि बढाइएको छ ।
यस्तै, केहीबेर अघि मात्रै सर्वोच्चको गेट अगाडि प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्रेर लगेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दुई सातादेखि धर्ना दिँदै आएको छ ।








