गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तु प्रदेश सभा क्षेत्र नं.२(ख) को क्षेत्रीय सभापतिमा पाण्डेयको उम्मेद्वारी घोषणा

कांग्रेस कपिलवस्तु प्रदेश सभा क्षेत्र नं.२(ख) को क्षेत्रीय सभापतिमा पाण्डेयको उम्मेद्वारी घोषणा

वैखरी अनलाईन : नेपाली कांग्रेस कपिलवस्तु प्रदेश सभा क्षेत्र नं.२ (ख) को क्षेत्रीय सभापति पदमा गिरजेस कुमार पाण्डेयले उम्मेद्वारी घोषणा गर्नुभएको छ । यशोधरा गाउँपालिका अध्यक्ष समेत रहेका पाण्डेयले नेपाली कांग्रेस पार्टीलाई जिल्लामा थप स्थापित गर्दै मजबुद बनाउन आफ्नो उम्मेद्वारी रहेको बताए ।

पार्टीमा रुपान्तरणको खाँचो रहेको र त्यसमा आफु खरो उत्रने दाबी गर्दै पाण्डेयले आउँदो चुनावमा पार्टीलाई विजय गराउन पनि क्षेत्रीय सभापति पदमा उम्मेद्वारी घोषणा गरेको बताए । आफु क्षेत्र नं।२ ९ख० को क्षेत्रीय सभापतिको उम्मेद्वार हुनु स्भाविक रहेको भन्दै उनले सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘म सभापति पदको उम्मेद्वार हुनु स्भाविक हो, मलाई विश्वास छ सबै साथीहरुले सहयोग गर्नुहुन्छ ’ उनले भने ।

पाण्डेय नेपाली राजनितिमा कांग्रेस पार्टीमा आवद्ध भई एक दशक बढीदेखि संक्रिय रहदैं आएका छन् ।

सम्बन्धित् समाचार