काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी–२० विश्वकप २०२१ को ‘मोस्ट भ्यालुएबल टिम अफ दी टुनामेन्ट’ सार्वजनिक गरिएको छ । टिममा च्याम्पियन टिम अस्ट्रेलियाका तीन खेलाडी परेका छन् । यस्तै उपविजेता न्युजिल्यान्डका भने एक खेलाडी मात्र टिममा छन् । इंग्ल्यान्ड, दक्षिण अफ्रिका र श्रीलंकाका दुई दुई खेलाडी टिममा छन् ।
पाकिस्तानका बबार अजाम कप्तानका रुपमा टिममा परेका छन् । यता टिमहरू भारत, वेस्ट इन्डिज, बंगलादेश, अफगानिस्तान र आयरल्यान्डका कुनै खेलाडी टिममा समावेश छैनन् ।
यस्तै पाकिस्तानका शाहीन शाह अफ्रिदी १२औं खेलाडीका रुपमा टिममा रहेका छन् । आइतबार भएको उपाधि भिडन्तमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।








