गृहपृष्ठ Featured प्रदेश १ को प्रदेश सभा बैठक : मुख्यमन्त्री राईले विश्वासको मत लिँदै

प्रदेश १ को प्रदेश सभा बैठक : मुख्यमन्त्री राईले विश्वासको मत लिँदै

प्रकाशित मिति:

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएको छ। मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो साढे १२ बजेका लागि डाकिएको छ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम प्रदेश नं। १ का माननीय मुख्यमन्त्री श्री राजेन्द्र कुमार राईले सभामा बिस्वासको मतका लागि प्रस्ताब पेश गर्नुहुने तथा निर्णयार्थ प्रस्तुत हुने,’ प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा भनिएको छ।

गत कात्तिक १६ गते राईले मुख्यमन्त्रीमा शपथ लिएका थिए। भीम आचार्यले पदबाट राजीनामा दिएपछि ४९ प्रदेशसभा सांसदको समर्थन सहित दाबी गरेका राईलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

सम्बन्धित् समाचार