कपिलवस्तु: बाणगंगा सिंचाई जलउपभोक्ता संस्था मुल समिति कपिलवस्तुको आठौ साधारण सभा कापिलवस्तुको तौलिहवा सम्पन्न भएको छ । साधारण सभामा सम्बोधन गर्दै बाणगंगा सिंचाई विकास डिभिजन कार्यालयकी प्रमुख कोपिला श्रेष्ठले बाणगंगा सिंचाईको लक्ष्मणघाट टाउको र जगदीपुर ताल मुटु भएकाले यसको संरक्षण गरिनु पर्ने बताईन । जिल्ला कै सबै भन्दा पुरानो र ठुलो सिचाई प्रणालीमा अहिले बृह्त आयोजना नहुदाँ समस्या भएको बताईन ।
उनले अहिले विकासको नाममा नहर क्षेत्र कै बाटोमा पिच लगायतका सडक बनाईदा मर्मत संभार गर्न गाह्रो परेको बताईन । उनले बाणगंगा नहरको विकास र संरक्षणमा उपभोक्ताले पनि चासो र ध्यान दिनु पर्ने बताईन ।
सो अवसरमा नेपाली कांग्रेस उप सभापति रामआषिष पाण्डेयले बाणगंगा नहर कृषकहरुका लागि बरदान नै भएकाले यसको संरक्षण र विकासमा चासो दिनु पर्ने बताए । बाणगंगा सिंचाईबाट ६ हजार २ सय हेक्टर बढी क्षेत्रफलमा सिंचाई हुने गरेको छ ।








