वैखरी अनलाइन
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कपिलवस्तु जिल्ला सभापति पदको लागी जिल्ला नेता अब्दुल कलामले उमेद्धवारी घोषणा गरेका छन । आसन्न महाधिवेशनका लागी कलामले जिल्ला ससभापति पदका लागी उमेद्धवारी घोषणा गरेका हुन ।
महाराजगञ्ज नगरपालिकाका अध्यक्ष, नेपाली कांग्रेस बर्तामान जिल्ला उपसभापति समेत रहेका कलामले पार्टीलाई थप बलियो बनाउन जिल्ला सभापति पदमा उमेद्धवारी दिने वैखरी अनलाइनलाई बताए । ४ दशकदेखि सक्रिय राजनिति र सामाजिक सेवामा लागेका कलाम लोकप्रिय नेताका रुपमा जिल्लामा परिचित रहेका छन ।
गाबिस अध्यक्ष हुदै, ९ औँ महाधिवेशनबाट लागातार महाधिवेशन प्रतिनिधि रहेका कमाल जिल्लाका दर्जनौ सघंसस्थामा रही काम गरीसक्नु भएको छ ।








