वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा ८ का डाक्टर दिपक खरेलको मृत्यु भएको छ । कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत डाक्टर खरेलको आज मृत्यु भएको हो ।
खरेल कात्तिक २१ गत बुद्धभुमीको टिक्करमा मोटरसाइकलमा परि गम्भीर घाइते भएका थिए । बुटवलमा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । उनलाई टाउको र घाटीमा चोट लागेको थियो ।
उनको काठमाण्ठौको राष्ट्रीय ट्रमा सेन्टरमा उपचार भई रहेको थियो ।