गृहपृष्ठ Featured अध्यक्ष नेपाल भन्छन्- सर्वोच्चको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहल गर्नुहुन्छ

अध्यक्ष नेपाल भन्छन्- सर्वोच्चको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहल गर्नुहुन्छ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन्। धनगढीमा समाजवादी पार्टीको प्रदेश कार्यालय उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या राम्रो वातावरणमा छिटोभन्दा छिटो समाधान हुनुपर्ने पक्षमा सत्तारुढ गठबन्धन रहेको बताए।

‘सर्वोच्चमा देखिएको समस्या राम्रो वातावरणमा छिटोभन्दा छिटो समाधान हुनुपर्छ। यसमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय पाँच दलको बैठकले गरेको छ,’ अध्यक्ष नेपालले भने, ‘यसको निम्ति प्रधानमन्त्रीज्यूले प्रधानमन्त्रीको हैसियतले आफ्नोतर्फबाट पहल गर्नुहुन्छ।’

त्यसअघि कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा एमाले अब गैरकम्युनिस्ट आचरण भएका व्यक्तिहरूको पार्टी बनेको बताए। राम्रा, सुसंस्कृत, कम्युनिस्ट आचरण बोकेका र कम्युनिस्ट सिद्धान्तबाट उत्प्रेरित मान्छेहरू एमालेमा नरहेका अध्यक्ष नेपालको भनाइ थियो।

सम्बन्धित् समाचार