गृहपृष्ठ Featured टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले रच्यो इतिहास : कतारमाथि क्लिनस्विप

टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले रच्यो इतिहास : कतारमाथि क्लिनस्विप

प्रकाशित मिति:

टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली महिला टोलीले इतिहास रचेको छ । कतारविरूद्धको तीन खेलको सिरिज ३–० ले क्लिनस्विप गर्दै नेपालले इतिहास रचेको हो ।

बिहीबार भएको तेस्रो खेलमा नेपालले कतारलाई एक सय नौ रनको पराजित गरेको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा ७ विकेट गुमाउन ५५ रनमा समेटियो ।

महिला टोलीले आइतबार दोस्रो अन्तर्राष्ट्रिय खेलमा ६१ रन र शनिबार भएको पहिलो खेलमा एक सय १९ रनको फराकिलो अन्तरले कतारलाई हराएको थियो ।

आइसिसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको सिरिज खेलेको हो । विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुँदै छ । नेपाली टोली कतारबाटै शुक्रबार दुबई प्रस्थान गर्नेछ ।

सम्बन्धित् समाचार