गृहपृष्ठ Featured एमाले महाधिवेशन : कपिलवस्तुबाट १५ हजार कार्यकर्ता सहभागी हुने

एमाले महाधिवेशन : कपिलवस्तुबाट १५ हजार कार्यकर्ता सहभागी हुने

प्रकाशित मिति:

बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पार्टीको आसन्न दशौं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रदेशबाट ७५ हजार कार्यकर्ताको सहभागिता गराउने जनाएको छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँड समेत गरेको छ । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउने भएको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले जानकारी दिए ।

यस्तै नवलपरासी र कपिलवस्तु जिल्लाबाट १५–१५ हजारका दरले ,दाङबाट आठ हजार, बाँकेबाट पाँचहजार, बर्दिया र पाल्पाबाट तीन–तीनहजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक–एक हजार तथा रुकुम पुर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता गराइने गिरीले बताए । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

एमालेको लुम्बिनी प्रदेश प्रचार प्रसार समितिले महाधिवेशन केन्द्रित बुलेटिन प्रकाशनको तयारी समेत थालेको एमाले केन्द्रीय प्रचार विभागका सदस्य डिआर घिमिरेले बताए ।

सम्बन्धित् समाचार