गृहपृष्ठ Featured बाणगंगामा समाजवादी परम्परा अनुसार बच्चाको नामाकरण

बाणगंगामा समाजवादी परम्परा अनुसार बच्चाको नामाकरण

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको बाणगंगामा बच्चाको नामाकरण एक कार्यक्रमका बिचमा समाजवादी परम्परा अनुसार गरिएको छ । जिल्लाको बाणगंगा नगरपलिका वडा नं.९ भर्तापुर स्थित जनता समाजवादी पार्टी नेपालका नेता नारायण खनाल र राधा खनाल दम्पतीले आफ्ना छोरा बुहारी राजेन्द्र र देवकला खनालबाट जन्मिएका सुपुत्रको एघारौँ दिन खनाल निवासमा एक कार्यक्रमका साथ नवजात शिशुको नामाकरण समाजवादी परम्परा अनुसार गरेका हुन ।

जसपा नेपालका केन्द्रिय सल्लाहाकार समितिका अध्यक्ष एव् जसपा संघिय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईका राजनितिक गुरु समेत रहनुभएका नेता विष्णुहरि शर्माले खनाल परिवारमा पारिवारिक जमघटका बिचमा आज नवजात शिशुको नाम युग खनाल ९आभास० रहने घोषणा गर्नुभयो ।

खनाल दम्पतीले समाजको अग्रगामी सांस्कृतिक रुपान्त्रणका लागि दशकौँदेखि योगदान दिदैँ आएका छन् । उनीहरुले आफ्नो जेष्ठ सुपत्रको विवाह समेत राजनितिक नेता कार्यक्रताहरुको जमघटमा स्टेज म्यारिज गराएका थिए भने प्रथम नातीको नामाकरण समेत खनालका अनन्य मित्र मानिने विष्णुहरि शर्माले नै राखिदिएका थिए ।

वर्तमान पुँजिवादी र साम्राज्यवादी विश्वमा जन्म संस्कार, विवाह संस्कार र मृत्यु संस्कार जस्ता परम्पराहरु ज्यादै महंगो र भड्किला र तडकभडकपूर्ण रहेका र कतिपय धर्म संस्कृतीभित्र विकृती र विसंगतीहरु हुर्कदै गएको परिप्रेक्ष्यमा आम मानिसहरुको निम्ती अत्यन्तै बोझिला बन्दै गएको सन्दर्भमा समाजको अग्रगामी सांस्कृतिक रुपान्त्रणमा योगदान पु¥याउने उद्देश्यले आफुहरुले यो कार्यको सुरुवात गरिएको खनाल परिवारको ठहर छ ।

सम्बन्धित् समाचार