गृहपृष्ठ Featured प्रचण्ड र विप्लवबीच भेटवार्ता

प्रचण्ड र विप्लवबीच भेटवार्ता

प्रकाशित मिति:

प्रचण्डको एकता प्रस्तावमा विप्लव सकरात्मक, तत्काल सहकार्य गर्ने सहमति
विप्लवसँग एकताको पहल गर्न कृष्णबहादुर महरा सक्रिय

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। शनिबार बिहान प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको हो।

भेटवार्तामापछिल्लो समसामयिक राजनीतिक विषयदेखि आगामी दिनमा सहकार्य गरेर जानेसम्मको छलफल भएको स्रोतले बतायो।

तत्काल पार्टी एकताभन्दा पनि तल्लो तहसम्मै सहकार्य गरेर जाने सहमति भएको प्रचण्डनिकट स्रोतले बतायो।

विप्लवलाई माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको पहलमा खुमलटार लगेका थिए। पछिल्लो समय माओवादीसँग विप्लवको पार्टी एकता गराउनको लागि प्रवक्ता महरा सक्रिय भएर लागेका छन्।

विप्लवलाई माओवादीमा फर्काउन प्रचण्डले महासचिवको जिम्मेवारी दिनसमेत तयार रहेको बुझिएको छ।

सम्बन्धित् समाचार