काठमाडौं : गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कार्यकर्ता कुटपिट भएको घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्। रुपन्देहीको भैरहवामा भएको प्रदेश सभा क्षेत्र नम्बर ३ ‘क’ को मतदानस्थलमा खाँणनिकटका कार्यकर्ताले रामचन्द्र पौडेल पक्षधरलाई निर्घात कुटपिट भएको समाचार सार्वजनिक भएपछि गृहमन्त्री खाँणले आफ्नो संलग्नता नभएको प्रष्ट पारेका हुन्।
उनले भने, ‘मतदानस्थलमा कार्यकर्ता कुटपिट भएको घटनामा मेरो संलग्नता छैन।’
भैरहवाको नेपाली कांगेस पार्टी कार्यलयमा भएको मतगणनास्थलमा पौडेल पक्षरका सभापतिका उम्मेदवार अधिवक्ता पुरनप्रसाद श्रेष्ठको प्यानलका शैलेश पन्तलाई राती २ बजे मत गणना भइरहेको समयमा निर्घात कुटपिट गरेको नेपाली कांग्रेसले जनाएको छ।








